दफा ९१
जाँचपासको प्रमाणपत्र दिनुपर्ने
(१) दफा ९० बमोजिम दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सार्वजनिक सवारी जाँच्न लगाई त्यस्तो सवारीको यान्त्रिक स्थिति र स्वरूप ठीक देखिएमा तोकिएको ढाँचामा जाँचपासको प्रमाणपत्र दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दिइने जाँचपासको प्रमाणपत्रको मान्यता छ महीनासम्मको लागि हुनेछ ।